साहरुखका छोरा पक्राउ परेको घटनाका प्रत्यक्षदर्शीलाई प्रहरी सुरक्षा

मुम्बईमा भएको क्रुज ड्रग्सको विषयका प्रत्यक्षदर्शी प्रभाकर सइललाई अब प्रहरीले सुरक्षा दिन थालेको छ । उनी आज मात्र मुम्बई क्राइम ब्रान्च पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई सुरक्षा दिएको हो ।

महाराष्ट्रका गृहमन्त्री दिलिप वाल्से पाटिलले समाचार एजेन्सीहरुलाई सइललाई उनको माग अनुसार नै सुरक्षा दिइएको बताएको छ ।

सईलले क्रुज ड्रग्सको विषयमा आफूलाई थाहा भएको बताएका थिए ।

उनले केपी गोसावी र श्याम डिसुजाले यस विषयमा कुरा गरेको आफूले सुनेको र उनीहरुबीच १८ करोड भारतीय रुपैयाँको डिल भएको बताएका छन् ।

मुम्बईमा चलिरहेको क्रुज पार्टीमा अभिनेता साहरु खानका छोरा आर्यन खान गिरफ्तार भएका थिए । यस विषयमा पछिल्लो समय निकै धेरै प्रश्न उठ्न थालेको छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १९:३४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया