लमजुङमा भूकम्प

लमजुङ जिल्लाको पश्चिमी भेगमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाकाे खुदीबजार भएर ४.१ रेक्टरकाे भूकम्प गएकाे हाे ।

स्थानीयका अनुसार सोमबार साँझ साढे ८ बजे भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको थप विवरण आउन बाँकी छ । 

२०७२ सालमा गोरखा केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पपछि पश्चिम नेपालका जिल्लाहरुमा सानाठूला भूकम्पका धक्का महसुस भइरहेका छन् ।

कतिपय यी धक्का परकम्प भएको भनिएको छ भने कतिपय नयाँ भूकम्प भएको भूकम्प मापन विभागले जनाउने गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार २०:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया