सैनिक ‘कु’ को विरोधमा भएको प्रदर्शनमा ७ जनाको मृत्यु, १४० बढी घाइते

सुडानमा सैनिक ‘कु’ को विरोधमा भएको प्रदर्शनका क्रममा ७ जना मारिएका छन् भने १४० जना घाइते भएका छन् । 

नागरिक सरकारका प्रतिनिधिलाई हटाएर सेनाले सत्ता आफ्नो हातमा लिएको विरोधमा सुडानमा व्यापक प्रदर्शन भइरहेको छ । त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरुलाई पक्राउ गरेर सेनाले आपतकाल घोषणा गरेको छ ।

त्यसलगत्तै सैनिक ‘कु’ को विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका थिए । सेनाले सत्ता हातमा लिएको घटनाको संसारभरबाट विरोध भइरहेको छ । अमेरिकाले ७ सय मिलियन डलर बराबरको सहयोग रोक्ने जनाएको छ । 

लामो समयदेखिको राजनीतिक अस्थिरताका कारण सत्ता कब्जा गर्नुपरेको सैनिक शासक अब्देल फत्ताह बुर्हानले बताएका छन् ।

दुई वर्षअघि ओमार अल बसिरलाई हटाएपछि बनेको अन्तरिम सरकार र सैनिकबीच लामो समयदेखि संघर्ष चल्दै आएको थियो ।

सेनाको अवरोधबीच त्यहाँ हजारौंको संख्यामा सर्वसाधारणले सैनिक ‘कु’ को विरोध र नागरिक सरकार बहाल गर्न माग गर्दैै प्रदर्शन जारी राखेका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार ७:३५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया