टि–२० विश्वकप : पहिलो जितको खोजीमा दक्षिण अफ्रिका र वेस्ट इन्डिज

आइसिसी टी–२० पुरुष विश्वकप अन्तर्गत मङ्गलबार सुपर–१२ का दुई खेल हुँदैछन् । समूह ‘१’ अन्तर्गत हुने आज पहिलो खेलमा दक्षिण अफ्रिकाले साबिक विजेता वेस्ट इन्डिजको सामना गर्नेछ ।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।

दुवै टोली प्रतियोगितामा पहिलो जित हात पार्ने प्रयासमा हुनेछन् । आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित हुँदा वेस्ट इन्डिज इङ्ग्ल्यान्डसँग ६ विकेटले हारेको थियो । 

यी दुई टोलीले हालसम्म टी–२० विश्वकपमा ३ खेल खेल्दा दक्षिण अफ्रिकाले २ र वेस्ट इन्डिजले १ खेल आफ्नो पक्षमा पारेका छन् । 
 
सन् २००७ मा भएको पहिलो भेटमा दक्षिण अफ्रिका ८ विकेटले विजयी हुँदा सन् २०१६ को पछिल्लो भेटमा वेस्ट इन्डिज ३ विकेटले विजयी भएको थियो ।

समूह ‘बी’ अन्तर्गत आज हुने दोस्रो खेलमा पाकिस्तान र न्युजिल्यान्ड आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शारजाह क्रिकेट मैदानमा हुनेछ । 

पाकिस्तान लगातार दोस्रो जितको खोजिमा हुनेछ भने न्युजिल्यान्ड सुखद् सुरुवात गर्ने प्रयासमा छ ।



पाकिस्तानले पहिलो खेलमा भारतमाथि १० विकेटको शानदार जित हात पारेको थियोे । 

टी–२० विश्वकपमा हालसम्म यी दुई टोली ५ खेलमा आमने सामने हुँदा पाकिस्तानले ३ र न्युजिल्यान्डले २ खेल जितेका छन् ।



सन् २००७ मा भएको पहिलो भेटमा पाकिस्तान ६ विकेटले विजयी हुँदा सन् २०१६ को पछिल्लो भेटमा न्युजिल्यान्ड २२ रनले विजयी भएको थियो । 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार ९:१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया