अफगानिस्तानमा आर्थिक संकट, मजदुरीको तलब गहुँ दिने

अफगानिस्तानमाथि तालिबानको कब्जापछि त्यहाँको आर्थिक अवस्था नराम्ररी ध्वस्त भएको छ ।

अफगानिस्तानमा अनिकाल र भोकमरीको ठूलो समस्या सिर्जना भएको छ । तालिबानले अहिलेसम्म अर्थतन्त्र उठाउने कुनै नयाँ योजना अघि सारेको छैन ।

हालै तालिबानले भोकमरी अन्त्य गर्न भने योजना सुरु गरेको छ । जसअनुसार अब अफगानिस्तानमा कामदारलाई पारिश्रमिकको सट्टा गहुँ दिइने भएको छ ।

विदेशबाट आर्थिक सहयोग बन्द भएको र विदेशमा भएको अफगानिस्तानको रकम समेत फिर्ता नपाएको अवस्थामा तालिबानले कामदारलाई गहुँ दिने योजना बनाएको हो ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले कामको बदलामा गहुँ पनि राजधानी काबुलका ४० हजार पुरुषहरुलाई दिइने बताए । उनले बेरोजगारीसँग लड्न यो महत्वपूर्ण कदम भएको बताए ।

उनले मजदुरलाई कडा मेहनत गर्न पनि भनेका छन् । यो योजनाअनुसार आगामी दुई महिना त्यहाँका मजदुरले काम गरेबापत गहुँ पाउनेछन् । 



काबुलमा तलबका रुपमा ११ हजार ६ सय टन र हेरात, जलालाबाद, कान्धार, मजार–ए–शरिफ र पोल–ए–खोमरीमा ५५ हजार टन बाँडिनेछ । 
 



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार ९:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया