टि–२० विश्वकप : लय समात्न नसकेको वेस्ट इन्डिज

आइसिसी टि–२० विश्वकप युएई र ओमानमा चलिरहेको छ । वेस्ट इन्डिज साबिक विजेता राष्ट्र हो । 

टि–२० मा उत्कृष्ट मानिएको वेस्ट इन्डिजलाई क्रिस गेल, आन्द्रे रसेल, काइरोन पोलार्ड, ड्वेन ब्राभोजस्ता उत्कृष्ट खेलाडीको साथ रहँदा पनि उसले पछिल्ला खेलमा लय भने समात्न सकेको छैन । 

दुई पटकको टि–२० विश्वकप विजेता वेस्ट इन्डिजले पछिल्लोपटक यही वर्षको जुलाई १७ मा अस्ट्रेलियाविरुद्ध १६ रनको जित हात पारेको थियो । त्यसयताका ७ खेलमा उसले ४ मा पराजय बेहोर्दा ३ खेल बिना नतिजा सकिएको छ ।

विश्वकप अघिका दुई अभ्यास खेलमा इन्डिजले पाकिस्तान र अफगानिस्तानसँग पराजय बेहोरेको थियो । 

वेस्ट इन्डिजले विश्वकपको पहिलो खेलमा पनि इंग्ल्यान्डविरुद्ध मात्र ६० रन बनाउन सक्यो । यसले पनि थाहा हुन्छ कि उ कुन लयबाट गुज्रिरहेको छ । 

वेस्ट इन्डिजले टि–२० विश्वकपको आफ्नो दोस्रो खेलमा मंगलबार दक्षिण अफ्रिकाको सामना गर्दैछ । यो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदनमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ ।



पहिलो खेलमा ६ विकेटको पराजय बेहोरेको वेस्ट इन्डिज दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रिदा मनोवैज्ञानिक दबाबमा हुनेछ । लय समात्न नसक्नु उसको प्रमुख समस्या हो । 

टि–२० विश्वकपमा यी दुईले हालसम्म ३ खेलमा प्रतिस्पर्धा गर्दा दक्षिण अफ्रिका २ र वेस्ट इन्डिज १ खेलमा विजयी भएको थियो ।



वेस्ट इन्डिजले २००७ र २००९ को विश्वकपमा पराजय बेहोर्दा २०१६ को विश्वकपमा भने जित हात पारेको थियो । 

वेस्ट इन्डिज इतिहास भुलाउँदै दक्षिण अफ्रिकालाई पराजित गरेर आफ्नो लय फर्काउने लक्ष्यमा हुनेछ । तर,पछिल्लो समय उत्कृष्ट लयमा रहेको टोलीविरुद्ध त्यो त्यति सहज भने हुनेछैन । 

दक्षिण अफ्रिका पनि आफ्नो बलियो इतिहासलाई कायम राख्दै वेस्ट इन्डिजलाई पराजित गरेर प्रतियोगितामा सुखद् सुरुवात गर्ने दाउमा छ ।  


 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १२:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया