उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले पहिलो जित निकालेको छ ।
भक्तपुरले एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबारको पहिलो खेलमा पुतलीबजार नगरपालिकालाई ८–१ ले पराजित गरेको हो ।
भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक पूरा गर्दा, मनिषा बास्कोटा र शिम्रन बस्नेतले दुई दुई तथा अजिता घर्तिमगरले एक गोल गरे । पुतलीबजारका लागि जोस्निका मरासिनीले एक गोल फकाइन् ।
जित हात पारे पनि भक्तपुरका लागि यो केबल सान्त्वनामा मात्र सीमित बन्यो । उसको महिला लिगमा छनोट हुने सम्भवना समाप्त भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।