फेरि छलफलमा जुटे १४ जना न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निकास (राजीनामा) दिन आग्रह गरेपछि फेरि १४ जना न्यायाधीश छलफलमा जुटेका छन् ।

एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबरा निकास दिन तयार नभएपछि अब के गर्ने भन्नेबारे छलफलमा जुटिएको हो । आज बिहान न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई निकास दिन आग्रह गरेका थिए ।

जबराले सडकबाट राजीनामा माग्दैमा दिनु उचित नहुने तर्क गर्दै आएका छन् । उनलाई निकास दिन सर्वोच्चकै चार जना पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशहरूको फोरम, नेपाल बार, सर्वोच्च बार र कानुन व्यवसायीहरूले दबाब दिँदै आएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १३:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया