उड्यन प्राधिकरणको प्रतिवेदन नआएपछि बुद्ध एयरका क्याप्टेन शेर्पा बिदामा

निजी वायुसेवा कम्पनी बुद्ध एयरको असोज ११ गते  ‘ल्यान्डिङ गियर प्राइमरी इन्डिकेटर’ मा समस्या देखिएपछि विराटनगर उडेको जहाज त्रिभुवन विमानस्थलमा पुनः अवतरण भएको थियो । 

पाइलट आङ गेलु शेर्पाले करिव दुई घण्टा आकाशमा जहाज होल्ड गरेर अन्तत सुरक्षित रूपमा ७७ जनालाई अवतरण गराए । तर, उक्त जहाजले भोलिपल्टै उडान भरे पनि क्याप्टेन शेर्पालाई भने अनुसन्धानका लागि विदा दिएको थियो । 

बुद्ध एयरले क्याप्टेनलाई बिदा दिएको एक महिना भएको छ । बुद्ध एयर कम्पनीले आन्तरिक रूपमा उक्त घटनाको विषयमा छानविन गर्दा विमानमा कुनै खराबी नभएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, सो प्रतिवेदनमा क्याप्टेन शेर्पामाथि भने शंका गरिएको छ ।  

निजी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो प्रतिवेदन सार्वजनिक गरे पनि नियामक निकाय नागरिक उड्यन प्राधिकरणले भने छानविन प्रतिवेदन सार्वजनिक गरेको छैन ।  

क्याप्टेन शेर्पाले आफूमाथि अनुसन्धान गरिरहेकाले बिदामा रहेको बताए । बुद्ध एयरमा भएको घटनालाई ठूलो इस्यु बनाएका कारणले पनि सरकार पक्षबाट भएको छानविनमा ढिला भएको शेर्पाको बुझाइ छ । 

‘यो घटना नर्मल थियो । संसारमा यस्तो घटना धेरै हुन्छन् । मैले फोर्स ल्यान्ड गरेको पनि होइन । नर्मल प्रक्रिया हो ,’ उनले भने, ‘यो विषयालाई बुझाउनेले बुझाउन सकेन र लेख्नेले लेख्न जानेन ।’ 



यो घटनालाई ‘रेस्पोन्स’ गरिएन ‘रियाक्ट’ गरिएको क्याप्टेन शर्पाको दाबी छ ।  

सरकारले एक महिनामा हुने काम तीन महिना लगाएपछि बिदामा बस्नुको विकल्प नभएको शेर्पाले बताए । 



उनका अनुसार उक्त घटनाको अनुसन्धानको प्रक्रिया गलत बाटोमा गएको छ । नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले यस विषयमा छिट्टै प्रतिवेदन सार्वजनिक हुने संक्षिप्त जानकारी दिए । 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १३:३१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया