पाकिस्तानमा एक महिलाले एकसाथ जन्म दिएका सातमध्ये ६ बच्चाको मृत्यु

पाकिस्तानको एबट्टाबादमा एक महिलाले एकसाथ ७ जना बच्चालाई जन्म दिएकी छन् । जन्मिएका बच्चाहरुमध्ये ६ जनाको मृत्यु भएको छ । 

एक साता अघि ती महिलाले एबट्टाबादको जिन्न इन्टरनसनल हस्पिटलमा एकसाथ ७ जना बच्चालाई जन्म दिएकी थिइन् । सातमध्ये ५ जना बच्चाको सोही अस्पतालमा र एक जनाको अयुब टिचिङ्ग अस्पतालमा मृत्यु भएको हो । 

बच्चाका पिता कारी यार मोहम्मदले एक जना बच्चाको मृत्यु जन्मेको २४ घण्टापछि भएको थियो । एकै दिन तीन जना बच्चाको मृत्यु भएको उनले बताए । 

मोहम्मदले हालसम्म बच्चाको आमालाई मात्र दुई जना बच्चाको मृत्यु भएको जानकारी दिइएको बताए । अस्पतालका चिकित्सकले एकसाथ धेरै बच्चा भएकोले उनीहरुलाई गर्भमा पोषण नपुग्दा मृत्यु भएको बताएका छन् । (बिबीसी)





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १३:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया