खेलकुद मन्त्री गहतराजलाई ८ बुँदे ज्ञापनपत्र

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मंगलबार संघले मन्त्रालय पुगेर मन्त्री गहतराजलाई ज्ञापनपत्र बुझाएको हो ।

संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न ८ बुँदा गरी माग समेटिएको छ ।

ज्ञापनपत्रमा नवौं वृहत राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नुपर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरु गर्नु पर्ने, खेलाडी र पूर्वखेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, विमा, यातायात, भत्ता) व्यवस्था गर्नुपर्ने लगायतका माग रहेको छ ।

संघले १३ औँ सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार पाए पनि रजत र कास्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको हो । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १४:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया