मेयर कप भेट्रान्स फुटबल : झापाको विजयी सुरुवात

मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा झापा भेट्रान्स फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार विजय युथ हेटौँडालाई ५–१ ले पराजित गरेको हो ।

झापाको जितमा नरेन्द्र मणी लिम्बुले ४ र श्यामकुमार गोलेको एक गोल गरे । विजय युथका कृष्ण शाक्यले एक गोल फर्काए ।

विजय युथको यो पहिलो हार हो । उसले पहिलो खेलमा काभ्रे भेट्रान्सलाई हराएको थियो ।  

प्रतियोगिताअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा साइनिङ सन एकेडेमीले ललितपुर–११ लाई २–० ले पराजित गरेको छ । 


 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १५:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया