खेलमा भविष्य देख्नेहरूको संख्या बढ्दैछ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरूको जमात बाक्लिन थालेको बताएका छन् ।

मंगलबार गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेन्ट २०२१’ मा नेता सिंहले आन्तरिक खेलले खेलाडीहरूलाई अवसर दिने बताउँदै खेलमा भविष्य देख्नेहरूको जमात बाक्लिन थालेको र खेलमा आकर्षित हुनेहरू बढ्न थालेको बताएका हुन् ।

उनले कोराना भाइरसको जोखिमका बेला पनि कमिटीले खेलाडीहरूलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरेकोप्रति खुसी व्यक्त गरे । उनले आन्तरिक खेलले खेलाडीहरूको मनोबल बढाउने बताए ।  

‘आन्तरिक खेलले खेलाडीहरूलाई अवसर सिर्जना गर्छ, यस्ता टुर्नामेन्ट भए मात्र खेलाडीले आफ्नो प्रदर्शन गर्न पाउँछन्, यो टुर्नामेन्ट टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी काम हुनेछ, खेललाई बिस्तारै प्रोत्साहन गर्नेहरूको जमात बढेको छ, यो सिम्टन आइरहेको छ,’ नेता सिंहले भने, ‘यसलाई राम्रो मान्नुपर्छ, खेलले धेरै कुरामा सहयोग गरिरहेको हुन्छ तर हामी त्यसलाई नजरअन्दाज गर्दछौँ, खेलले मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउँछ, अर्को भनेको खेलले संकटको बेला तत्काल उचित निर्णय लिने कुरामा पनि सहयोग गर्दछ ।’
 
गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेन्ट २०२१’ आजबाट सुरु भएको छ । टुर्नामेन्ट कात्तिक १६ गतेसम्म चल्नेछ भने यसमा ८ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका खेलाडीहरूले भाग लिन पाउनेछन् । 

विजेताले ७ लाख २५ हजार धनराशी बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १५:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया