‘टेनिस टुर्नामेन्ट २०२१’ शुरु, विजेताले ७ लाख २५ हजार पाउने

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरूको जमात बाक्लिन थालेको बताएका छन् । 

मंगलवार गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेन्ट २०२१’ मा बोल्दै नेता सिंहले आन्तरिक खेलले खेलाडीहरुलाई अवसर दिने बताए । 

उनले अहिले खेलमा भविष्य देख्नेहरूको जमात बाक्लिन थालेको र खेलमा आकर्षित हुनेहरु बढ्न थालेको जनाए । 

‘आन्तरिक खेलले खेलाडीहरुलाई अवसर सिर्जना गर्छ, यस्ता टुर्नामेन्ट भए मात्र खेलाडीले आफ्नो प्रदर्शन गर्न पाउँछन्, यो टुर्नामेन्ट टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी काम हुनेछ,’ नेता सिंहले भने । 

कोराना भाइरसको जोखिमका बेला पनि कमिटीले खेलाडीहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरेकोप्रति  उनले खुशी व्यक्त गरे । आन्तरिक खेलले खेलाडीहरूको मनोबल बढाउने बताउँदै उनले खेलले मानसिक र शारीरिक रुपमा स्वस्थ राख्ने समेत जनाए । 

‘खेललाई बिस्तारै प्रोत्साहन गर्नेहरुको जमात बढेको छ । यो सिम्टम आइरहेको छ, यसलाई राम्रो मान्नुपर्छ । खेलले धेरै कुरामा सहयोग गरिरहेको हुन्छ तर हामी त्यसलाई नजरअन्दाज गर्दछौँ । खेलले मानसिक र शारीरिक रुपमा स्वस्थ बनाउँछ, अर्को भनेको खेलले संकटको बेला तत्काल उचित निर्णय लिने कुरामा पनि सहयोग गर्दछ,’ उनले खेलका फाइदाहरु बताए । 



गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेन्ट २०२१’ आजबाट शुरु भएको छ । टुर्नामेन्ट कार्तिक १६ गतेसम्म चल्नेछ भने यसमा ८ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका खेलाडीहरूले भाग लिन पाउनेछन् । विजेताले ७ लाख २५ हजार धनराशी बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ । 



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १५:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया