मंगलबार पनि सेयर बजार उकालो, ६ अर्ब ३१ करोड बढीको कारोबार
फरकधार / ९ कात्तिक, २०७८

यो साताको तेस्रो दिनसम्म सेयर बजार निरन्तर उकालो लागेको छ । मंगलबार पनि बजारमा ७८ दशमलव ८२ अंकको फराकिलो वृद्धि हुँदै २७५१ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ । 



मंगलबार बजारमा १ करोड १४ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ । मंगलबार पनि सेन्सेटिभ इन्डेक्समा पनि ११ दशमलव ५० अंकले वृद्धि हुँदै ५१६ दशमलव ०७ अंक पुगेको छ । 

यसअघि सोमबार सेयर बजार परिसूचक नेप्से ८ दशमलव  ६३ अंकले बढेको थियो । सोमबार २६७२ दशमलव २५ अंकमा बन्द भएको बजारमा ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर किनबेच भएको थियो भने सो दिन ४ अर्ब ३० करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।  

यसअघि साताको पहिलो दिन आइतबार २७ अंकले बढेको थियो ।



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १५:४४:२८,   अन्तिम अपडेट : कात्तिक ९, २०७८ मंगलबार १५:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया