कात्तिक १२ देखि गोदावरी पुष्प प्रदर्शनी मेला, ५० लाखको कारोबार गर्ने लक्ष्य

फ्लोरिकल्चर एशोसिएसन नेपालले १४ औँ गोदावारी पुष्प प्रदर्शनी मेला २०७८ गर्ने भएको छ । 

एशोसिएसनले कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा उक्त मेला गर्न लागेको हो ।  

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी पुष्प प्रदर्शनी आयोजना गन लागिएको मेला संयोजक सिताराम पन्तले जानकारी दिए ।  

पुष्प व्यवसायीहरूले स्वेदशमा उत्पादन गरेको फूलको बजार क्षेत्र विस्तार तथा प्रवद्र्धन गर्ने उदेश्यले ५३ सालदेखि यस्ता मेला हुँदै आएको पन्तको भनाइ छ ।  

यो मेलामा ३५ हजारले अवलोकन गर्ने अपेक्षा लिइएको अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । उनका अनुसार यो वर्षको मेलामा ५० लाख बराबरको व्यावसायिक कारोबार हुनेछ । 

यस वर्षको गोदावरी फूलको विभिन्न विद्यामा गरिने प्रतिस्पर्धात्मक गराई उत्कृष्ट हुने एक स्टललाई नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने अध्यक्ष तामाङले जानकारी दिए । 



उनका अनुसार मेलामा स्वदेशमा नै उत्पादन हुँदै आएको विभिन्न जातका गोदावरी फूल विरुवाको साथै यस वर्षभित्रका गोदावरी फूलको कोही नयाँ प्राजातकिा फूल बिरुवाहरूको समेत प्रदर्शनी तथा बिक्री वितरण हने छन् । मेलामा ४४ वटा स्टल रहेका छन् । 

कोरोना कहरअघि आव ०७५/७६ २ अर्ब ४२ करोडभन्दा बढीको वार्षिक कारोबार भएको थियो । 



०६७/७७ मा करिब ३ अर्बभन्दा बढीको कारोबार हुने प्रक्षेपण गरे पनि कारोनाका कारण २ अर्ब १५ करोडको कारोबार भएको थियो । २०७७÷७८ मा भने १ अर्ब ६३ करोडको कारोबार भएको एशोसिएसनका अध्यक्ष तामाङले जानकारी दिए । 

२०५३ देखि निरन्तर गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला हुँदै आएको छ । २०७७ सालमा भने कोभिडका कारण स्थगित भएको थियो । 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १५:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया