इलाममा झारफुक गर्ने वहानामा एक पुरुषले गरे टोकेर श्रीमती र छोरीको हत्या

झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सीता तामाङ र १६ वर्षीया छोरी शिक्षा तामाङको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङ रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराखी धामी बसी विगतदेखि बेलाबखत बेहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गरेका थिए । 

सोही क्रममा घाटी तथा शरीरको बिभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १६:३५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया