ताजिकिस्तान र लेबनानलाई दबाबमा राख्न सक्छौं : प्रशिक्षक महर्जन

नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एएफसी यू–२३ एसियन कप छनोटमा ताजिकिस्तान र लेबनानलाई दबाबमा राख्न सकिने बताएका छन् ।

उनले ताजिकिस्तान र लेबनान बलियो भए पनि बल पोजिसनमा पकड जमाउन सकेमा दुवै टोलीलाई दबाबमा राख्न सकिने बताएका हुन् ।

‘ताजिकिस्तान र लेबनानको खेल हेर्दा ताजिकिस्तान पनि राम्रो छ । राम्रा खेलाडीहरू छन्, बलियो टोली पनि हो, प्राविधिक रूपमा राम्रो छ,’ प्रशिक्षक महर्जनले भने, ‘तर, इरानसँगको खेलमा जस्तो हामीले बल आफ्नो पक्षमा राख्न सक्यौ भने ताजिकिस्तान र लेबनानलाई दबाबमा राख्न सक्छौं ।’   

छनोटको दोश्रो खेलमा नेपालले बिहीबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

छनोटको पहिलो खेलमा भने नेपाल इरानसँग ४–० ले पराजित भएको थियो । पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो  ।

प्रशिक्षक महर्जनले कमजोर तयारीको कारण पहिलो खेलमा हार बेहोरेको समेत बताए । ‘सोमबारको खेल हाम्रो पहिलो खेल हो । त्यसै पनि इरान विश्वकै एक सशक्त टिम हो । एसियाको स्तरमा मात्र नभएर तर त्यो टिमलाई पनि हामीले पहिलो हाफमा गोलरहित बराबरी गर्न सफल भयौं,’ उनले भने, ‘योजनाअनुसार राम्रो भयो तर यो प्रतियोगिताको लागि हाम्रो जुन तयारी थियो त्यसका लागि पर्याप्त समय र मैत्रीपूर्ण खेलहरू भएको भए अझ योभन्दा पनि राम्रो प्रदर्शन हुन्थ्यो ।’



महर्जनले दोस्रो हाफको सुरुवातमै गोल खाएपछि टिम दबाबमा आएको बताएका हुन् । ‘दोस्रो हाफको सुरुवातमै जुन गोल खान पुग्यौ त्यो हामीले होल्ड गर्न सकेनौ । हाम्रो राम्रो नतिजा हुन्थ्यो जस्तो लाग्छ किनकी हामीले दोस्रो हाफको सुरुवातमै गोल खान पुग्यौं,’ मुख्य प्रशिक्षक महर्जनले भने, ‘दुई मिनेटमै दुई गोल खान पुग्दा, फिटनेस तथा एकाग्रताको कमी साथै उनीहरूले डिफेन्समा धेरै दबाब दियो जुन हाम्रा डिफेन्डरले थेग्न सकेन ।’ 

प्रशिक्षक महर्जनले टिममा बल आफ्नो पक्षमा राखेर अट्याक्ट गर्ने क्षमता रहेको र बल आफ्नो पक्षमा राख्न सक्नु नै नेपालको लागि राम्रो कुरा भएको बताए ।



छनोटको यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै, दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १६:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया