चीनमा एक सहरमा ६ जनामा कोरोना देखियो, सहरभरि लकडाउन

चीनमा फेरि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको समाचारहरु आउन थालेका छन् । पछिल्लो समय चीनमा कोरोनाका नयाँ भेरियन्टका संक्रमित भेटिएको समाचार अन्तर्राष्टिय मिडियामा आउन थालेका हुन् ।

अब चीनको लान्झु सरहरमा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ ६ जनामा कोरोना संक्रमण भेटिएको हो । यसैका कारण अब चीनमा ४० लाख बस्ने यो सहरमा लकडाउन गरिएको छ । 

त्यहाँ आपत्कालीन अवस्थामा बाहेक अन्य अवस्थामा मानिसहरुलाई बाहिर निस्किन नपाउने नियम लगाइएको छ ।

चीनमा २६ अक्टोबरमा थप २९ जना नयाँ कोरोनाभाइरस संक्रमित पनि थपिएका छन् । चिनियाँ अधिकारीहरुका अनुसार यसरी कोरोना देखिएका सहरहरुमा लकडाउन लगाइएको छ ।

चीनको राजधानी बेइजिङमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १६:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया