ओलीले फेरि भने– संसद असफल भइसक्यो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो संसद असफल भइसकेको बताएका छन् । उनले पछिल्ला आफ्ना भाषणहरुमा यसलाई दोहोर्याउँदै आएका छन् ।

आज एमालेको पालिका अधिवेशनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

यसअघि एमालेको वडा अधिवेशनअघि सम्बोधन गर्ने क्रममा पनि उनले यस्तै बताएका थिए । त्यसअघि गत साता बुधबार काठमाडौंमा बागमती प्रदेश महाधिवेशन कमिटीले आयोजना गरेको प्रथम भेलामा पनि ओलीले यस्तै बताएका थिए ।

आजको भर्चुअल सम्बोधनमा चाहिँ ओलीले सभामुख अग्निप्रसाद सापकोटाका कारण अहिलेको संसद असफल भइसकेको बताएका छन् ।

यसअघि उनले संसद असफल भएकाले अब अर्ली इलेक्सनको कुनै पनि विकल्प नभएको समेत बताएका थिए । 

तर, सत्तारुढ गठबन्धनका दलहरु चाहिँ अर्ली इलेक्सन गर्ने पक्षमा छैनन् । यसअघि सुदूरपश्चिममा बाढी पहिरो प्रभावित जिल्लामा पुग्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्ली इलेक्सनको विषयमा गठबन्धनमा छलफल गर्ने बताएका थिए । 



तर, परराष्ट्रमन्त्री नारायण खड्काले केही दिन यता सार्वजनिक अभिव्यक्तिहरुमा अहिले संसद भंग गरेर अर्ली इलेक्सनको कुनै सम्भावना नभएको बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बारामा आयोजित पत्रकार भेलामा अर्ली इलेक्सनबारे अहिले सोच्न पनि नसकिने बताएका थिए ।

दुई पटक प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्ष ओली र नेकपा एमालेका नेताहरुले चाहिँ पछिल्लो पटक संसद असफल भएको भन्दै अब अर्ली इलेक्सनको विकल्प नभएको बताउँदै आएका छन् ।



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १७:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया