वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पदमा रहेसम्म आफूहरुले वकालत रोक्ने बताएका छन् ।
उनले नेपाल बारले वकालत भोलिबाट नै ठप्प पार्ने पनि जानकारी दिएका छन् ।
बारका पूर्वअध्यक्ष थापाले बारको सल्लाहकार समिति बैठकमा सुझाव दिएपछि यसबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।
उनले अहिले न्याय क्षेत्रमा विचलन देखिएको र यसको निकास दिने काम प्रधानन्यायाधीशले गर्नु पर्ने पनि बताएका छन् । ‘न्याय क्षेत्रमा विचलन देखिएको छ,’ उनले भनेका छन्, ‘यसका लागि प्रधानन्यायाधीशले निकास दिनु पर्छ, उहाँले राजीनामा दिनुपर्छ । जबरा पदमा रहेसम्म नेपाल बारले वकालत नै ठप्प पार्नेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।