छोराको नागरिकता बनाउन लाइनमा बसेकी महिलाको मृत्यु

कैलालीमा नागरिकता बनाउने लाइनमा बसेकी महिलाको मृत्यु भएको छ । छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी महिलाको मृत्यु भएको हो । 

मंगलबार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला जिल्लाको घोडाघोडी नगरपालिका– १२–की सीतादेवी चौधरीको बेहोस भई ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय सुखडका अनुसार लाइनमा पालो कुरेर बसेकी चौधरी एकाएक बेहोस भएर ढलेकी थिइन् । 

मृतक  चौधरीको शव परिवारले बुझेको छ । उनी २ वर्षदेखि अस्वस्थ रहेको परिवारस्रोतले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १७:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया