मंसिरमै महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्न निर्वाचन समितिलाई देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन मंसिरमै सम्पन्न हुने बताएका छन् । मंगलबार निर्वाचन समितिलाई निर्देशन दिँदै उनले महाधिवेशन मंसिरमै सम्पन्न गर्ने गरी अघि बढ्न आग्रह गरेका हुन् । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन समितिका सदस्यहरुलाई बोलाएर देउवाले मंसिरमै महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । 

पदाधिकारी बैठकमा पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १८:१७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया