कांग्रेस तरुण विभागले साफ उपविजेता टोलीलाई सम्मान गर्ने

पहिलोपटक साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाल राष्ट्रिय फुटबल टोलीलाई नेपाल कांग्रेस तरुण विभागले सम्मान गर्ने भएको छ । 
तरुण विभागले बुधबार १३औँ संस्करणको साफ उपविजेता टोलीका सदस्यलाई सम्मान गर्ने कार्यक्रम राखेको हो । 

नेपाल फाइनलमा चिरपरिचित भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै उपविजेता भएको थियो । माल्दिभ्सको मालेमा भएको साफमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो । 

‘सम्पूर्ण नेपालीलाई विजया दशमीको माहोलमा अन्तर्राष्ट्रिय सफलताको अर्को उपहार दिने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आगामी दिनमा खेल क्षेत्रमा थप सफलताका लागि उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यसहित सम्मान कार्यक्रम राखिएको जानकारी गराउन पाउँदा तरुण विभागले गौरवान्वित महसुस गरेको छ,’ तरुण विभागले विज्ञप्तिमा भनेको छ । 

राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण प्रमुख आतिथि रहनेछन् । विशेष अतिथिको रूपमा तरुण विभागका प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाको उपस्थिति रहने बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार २०:७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया