नेपाल–भारतबीचको खुला सिमाना दुवै देशका लागि वरदान : पूर्वराजदूत रे
फरकधार / ९ कात्तिक, २०७८

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपाल–भारतबीचको खुला सिमाना दुवै देशका लागि वरदान भएको दाबी गरेका छन् । मंगलबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । 



उनले खुला सीमालाई हतियारधारी सुरक्षाकर्मीहरूको भरमा नियमन तथा नियन्त्रण गर्नुभन्दा दुबैतर्फका स्थानीय बासिन्दाले निगरानी राख्ने परिस्थिति सिर्जना गर्नु उत्तम हुने विचार व्यक्त गरे । उनले नेपालको शान्ति, स्थिरता र सुरक्षा भारतको एक मात्र चासो भएको जिकिर गर्नुभयो ।

उहाँले नेपालमा राजनीतिक अस्थिरता र अशान्ति फैलिएमा त्यसको प्रत्यक्ष असर भारतमा पनि पर्ने भएकोले नेपालप्रति भारतको चासो बढी प्रकट भएको बताए । 



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार २१:२:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया