सल्यानका नौ स्थानीय तहमा एमालेको नेतृत्व चयन

सल्यानका १० वटा स्थानीय तहमध्ये नौवटै स्थानीय तहमा नेकपा एमालेले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । नौवटा स्थानीय तहमा मंगलबार सम्पन्न अधिवेशनबाट एमालेले सर्वसहमत रूपमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू चयन गरेको हो । 

शारदा नगरपालिकामा मधुसूदन शर्मा अध्यक्ष, राम बहादुर भण्डारी उपाध्यक्ष, महेश देवकोटा सचिव तथा  सुरेन्द्र बुढा र प्रलाद श्रेष्ठ  उपसचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको एमाले सल्यानका उपाध्यक्ष भीमबहादुर सेनले जनाए । 

यस्तै बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष, उपेन्द्र वली उपाध्यक्ष, मोहन चन्द सचिव, भुपिन भण्डारी र शोभाराम भण्डारी उपसचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको छ भने कपुरकोट गाउँपालिकामा द्रोण केसी अध्यक्ष, ललिता गिरी उपाध्यक्ष, रुपक बुढा सचिव तथा इश्वर बुढा र रुपलाल बुढाथोकी सहसचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको सेनले बताए। 

कालिमाटी गाउँपालिकामा केशर बुढा अध्यक्ष, वीर वहादुर वली उपाध्यक्ष, वेल वहादुर चन्द सचिव, सुमित्रा राना र मिलन वली उपसचिव रहेको ७३ सदस्यीय कमिटी चयन भएको छ भने त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का अध्यक्ष, शोभाराम डांगी उपाध्यक्ष, धनराज तुफान  सचिव तथा मंगल रेउले र कुन्ता योगी उपसचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको छ । 

छत्रेश्वरी गाउँपालिकामा ज्ञान बहादुर खडका अध्यक्ष, डुम बहादुर केसी उपाध्यक्ष, देवराज घर्ती सचिव, बसन्त वलि उपसचिवसहित ६७ सदस्यीय कमिटी र कुमाख गाउँपालिकामा भैरव शाह अध्यक्ष, पम्फा खत्री उपाध्यक्ष, तारा बहादुर योगी सचिव, तेजविर कामी र सुरेश चन्द  उप सचिव रहेको ७० सदस्यीय कमिटी निर्माण भएको एमालेले जानकारी दिएकाे छ ।

यसैगरी सिद्धकुमाख गाउँपालिकामा पुष्पा कुमारी बोहरा अध्यक्ष,  गोविन्द रेउले उपाध्यक्ष, लिल बहादुर रोका सचिव तथा गिर्दल रावत र विरेन्द्र बोहरा उपसचिव रहेको ६९ सदस्यीय कमिटी निर्माण भएको छ भने दार्मा गाउँपालिकामा बल बहादुर वलि अध्यक्ष, गणेश बुढाथोकी उपाध्यक्ष, दिपक रोका सचिव तथा भावना वलि र दिपक परियार उपसचिव रहेको ६५ सदस्यीय कमिटी निर्माण भएको जनाइएको छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १२:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया