मुख्यमन्त्री पदका लागि पाण्डेको दाबी पेस

बागमती प्रदेशमा मुख्यमन्त्री पदका लागि नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् । 

संसदीय दलका नेता पाण्डे आफ्नो दलसँगै नेकपा माओवादी केद्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित जनता समाजवादी पार्टी सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेस गर्न प्रदेशप्रमुख समक्ष गएका हुन् ।

पाण्डे माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद, नेकपा एसका १३ सांसद र जसपाका १ सांसद गरी ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । 

बुधबार बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठका लागी दाबी पेस गर्न बिहीबार ३ बजेसम्मको समय दिएका थिए । 

१०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक पर्छ । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ र जसपाका एक सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४३ छ । विवेकशील साझाका तीन, नेमकिपा र राप्रपाका २/२ सदस्य रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १७:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया