अन्तरिक्ष यानमा चीनको अर्को सफलताः ल्यान्डिङ्ग गर्न मिल्ने रकेटको सफल परीक्षण

एजेन्सी– चीनले एक क्यारियर रकेटको सिधा ल्यान्डिङ्ग गरेर अन्तरिक्ष यातायात प्रणालीमा विकासको एक नयाँ आयाम हासिल गरेको छ । अब चीनले अन्तरिक्ष यात्रामा एक पटक प्रयोग गरिसकेपछि पनि फेरि प्रयोग गर्न सकिने रकेट निर्माण गर्न सक्ने छ । 

चीनको सरकारी समाचार एन्जेसीका अनुसार चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशनको माध्यमबाट बेइजिङ एयरोस्पेस इन्टिच्युट अफ अटोमेटिक कन्ट्रोलले क्यारियर रकेट जमिनमा ल्यान्डिङग गर्न सफल भएको हो । एजेन्सीका अनुसार यो परीक्षण सोमबार गरिएपनि केही दिनपछि जानकारी दिइएको थियो ।

चीनमा यो परियोजनाको अनुसन्धान २०१८ देखि सुरु भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त परियोजनासँग जोडिएका वैज्ञानिकले दोस्रो पटक प्रयोग गर्न सकिने छोटो आकारको प्लेटफर्मको डिजाइन तयार गरेर निर्माण गरेका हुन् । यि वैज्ञानिकको सहयोगमा परीक्षण गर्नका लागि रकेट उडान गरेर फेरि पहिलाकै अवस्थामा जमिनमा अवतरण गरिएको थियो । 
 





  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार ९:६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया