अहिलेको गठबन्धन निर्वाचनसम्म कायम रहने नेपालको दाबी, भने– अर्ली इलेक्सन  हुँदैन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन निर्वाचन सम्म कायम रहने दाबी गरेका छन् । 

धनगढी विमानस्थलमा बिहिबार भएको पत्रकार सम्मेलनमा उनले भने, ‘‘अर्ली इलेक्सन हँुदैन । अहिले प्रतिनिधि सभाको उप-चुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ । अहिलेको गठबन्धन चुनावमा सम्म जान्छ ।’ 

जनताको चाहाना पूरा गर्नका निमित्त आफूहरू सरकारमा सहभागी भएको पत्रकार सम्मेलनमा उनले बताए । 

बाग्मती प्रदेशमा बिहीबार गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्न लागेको र प्रदेश नम्बर १ मा पनि कात्तिक १५ गतेभित्रै आफूहरूको सरकार बन्ने अध्यक्ष नेपालले बताए । नेपालले भने, ‘तीन पार्टीले दुई÷दुई प्रदेशको मुख्यमन्त्री लिने भन्ने सल्लाह हुँदैछ ।’ 

एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धन बनाएर चुनाव लड्न खोज्नु भएको हो ? भन्ने प्रश्नमा उनले हिजो एमालेले पनि राप्रपा र माओवादीसित गठबन्धन गरेको स्मरण गरे । 

उनले एकीकृत समाजवादी पार्टीले चुनावलाई लक्षित गरेर पार्टीको संगठन निर्माण तथा सदस्यता वितरणलाई तीव्रता दिइरहेको जानकारी गराए । अध्यक्ष नेपाल कञ्चनपुरको पार्टी कार्यालयको उद्घाटन गर्नका लागि सुदूरपश्चिम आएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १२:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया