‘सत्यम’ मा राजेश हमालसँग जोडी बाँध्दै निरुता

अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहले थुप्रै चलचित्रमा सँगै काम गरेका छन् । उनीहरूले कयौं चलचित्रमा जोडी कलाकारका रूपमा देखिएका छन् ।

चलचित्रमा काम गर्दागर्दै निरुता मुम्बई गइन् । त्यसपछि राजेश र निरुतासँगै नदेखिएको लामो समय भयो । अब भने निरुता र राजेशलाई दर्शकले एकसाथ पर्दामा देख्न पाउने भएका छन् ।

तिहारपछि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘सत्यम’ मा यो जोडी पुनः एक साथ देखिने सम्भावना देखिएको छ । राजेशको जोडीका रूपमा काम गर्न चलचित्र निर्माण टिमले निरुतालाई प्रस्ताव गरिसकेको छ । 

निरुता अहिले ‘डान्स रियालिटी सो’ को निर्णायकको रूपमा काम गर्न नेपाल आएकी छन् ।

चलचित्रमा निरुताले काम गर्ने नगर्ने भन्ने टुङ्गो लागेको छैन । ‘डान्स रियालिटी सो’ का लागि ३ महिनाको सेड्युल बनिसकेकाले चलचित्रका लागि उनले निर्णय गर्न नसकेको बताइएको छ ।



शंकर कार्कीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा राजेश हमाल, पल शाह र मलिका महत शीर्ष भूमिकामा देखिने पक्का भैसकेको छ । उनीहरू अहिले चलचित्रको वर्कसपमा ब्यस्त छन् । 

चलचित्रको वर्कसप धुम्पुसमा चलिरहेको छ । चलचित्रमा अनुप विक्रम शाही खलनायकको भूमिकामा देखिने छन् । चलचित्र ‘सत्यम’मा रेशम सापकोटाले लगानी गर्नेछन् ।  



  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १५:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया