संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको चालू अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

भदौ २३ गतेबाट सुरु भएको संसदमा नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जानुअघि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । 

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक कात्तिक २९ गतेसम्मको लागि स्थगित गरेका थिए । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १७:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया