लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले न्यायायपालिकामा गम्भीर रोग देखिएकाले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए । उनले न्यायाधीश नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गरे । 

न्यायपालिकाबाटै समस्या सिर्जना भएकाले त्यसको निरुपण पनि न्यायालयभित्रबाटै हुनुपर्ने उनले बताए । भट्टराईले भने, ‘संविधानसभाबाट जुन संविधान बनायौँ, त्यसक्रममा न्यायालय, सुरक्षाअंगमा पर्याप्त रुपान्तरण र परिवर्तन सकेनौँ ।’ 

न्यायाधीशको नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको उल्लेख गर्दै उनले भने, ‘भागबण्डामा चल्छन्, त्यसले न्यायालयको प्रतिष्ठा पहिल्यैदेखि आघात पर्दै आएको थियो, अहिले भित्रैबाट विवाद आउनु लोकतन्त्रको शोभनीय होइन, गम्भीर अनिष्टको संकेत हो, त्यसले यसको निरुपण न्यायालय भित्रैबाट गर्नु राम्रो हुन्छ ।’

‘न्यायालयमा गम्भीर रोग छ भन्ने देखियो, यसको उपचार आफैँले गर्नुपर्यो,’ उनले भने, ‘उहाँले गर्नुभएन भने व्यवस्थापिकाले आफूले गर्ने काम गर्छ ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनः स्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने कोसिस मात्रै भएको अध्यक्ष भट्टराईले बताए । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १७:५६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया