बागमती प्रदेशका मुख्यमन्त्रीः सत्ता सम्हालेकै दिन सुरु भएको बर्हिगमनको काउन्टडाउन

सत्तामोह र राजनीतिक दलहरुबीचको खिचातानीका कारण नेपालीले चाहेको राजनीतिक स्थिरता अझै आउन सकेको छैन । यसको प्रभाव केन्द्रीय राजनीतिमा मात्र होइन, संघीयताको अभ्यास गर्न थालेको लामो समय नहुँदा संघहरुमा पनि देखिएको छ । 

यसको पछिल्लो उदाहरण हो, बागमती प्रदेश । पाँच वर्षका लागि यसअघि निर्वाचित प्रतिनिधिको दल एक रहिरहन नसक्दा अहिले केन्द्रीय सरकार मात्र होइन, विभिन्न प्रदेशका सरकार पनि कोपभाजनमा परेका छन् ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा राजनीतिक दल र नेताहरुबीचको स्वार्थका कारण यसअघि पाँच वर्षका लागि बनेका भनिएका सरकारहरु ढलेका छन्, नयाँ नेताले यी प्रदेशको नेतृत्व गर्न थालेका छन् ।

बागमती प्रदेशमा बिहीबार नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदको सपथ लिएका छन् । 

यो प्रदेशमा पाण्डे मुख्यमन्त्री हुने तेस्रो व्यक्ति हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भइसकेका छन् ।

तर, यसमा मात्र बागमती प्रदेशको मुख्यमन्त्रीको संख्या सिमित गरिनु हुँदैन ।



यसअघि बागमती प्रदेशमा पाण्डेलाई मुख्यमन्त्री बनाउन सहयोग गरेका दलहरुको गठबन्धनले उनको कार्यअवधि तोकिसकेको छ । नेपाली कांग्रेसका इन्द्र बानियाँ पनि मुख्यमन्त्री हुने दौडमा लागेपछि सत्ता गठबन्धनका नेताहरुबीच भएको छलफलले पाण्डे ६ महिना मुख्यमन्त्री हुने र ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो ।

यदि पाण्डे यसअघि भइसकेको यो सम्झौतामा अडिग रहे भने उनले आगामि चैतमा प्रदेश सभाको बाँकी अवधि ६ महिनाका लागि बानियाँ वा कांग्रेसका अरु कुनै नेतालाई सत्ता हस्तान्तरण गर्नु पर्ने हुन्छ ।




  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १९:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया