प्रा.डा. विच्छा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य सल्लाहकारमा प्रा.डा.आरपी विच्छा नियुक्त भएका छन् । 

गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा नियुक्त गरिएको हो ।

यसअघि उनी स्वास्थ्य सेवा विभागका महानिर्देशक समेत थिए । गत आइतबार सेवाबाट अनिवार्य अवकाश पाए पनि सरकारले उनको कार्यकाल दुई वर्ष थप गरेको छ । 

स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका उनले आगामी दिनमा खोप अभियान द्रूत गतिमा सञ्चालन गर्ने बताए । 

आफू स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा  ४८ लाखले कोभिडविरुद्धको खोप लगाएको दाबी गर्दै उनले कार्यकालको अढाइ महिनामा उक्त संख्या १ करोड ५२ लाख पुर्याएको दाबी गरे । 

आफूले स्वास्थ्य सल्लाहकारका रुपमा स्वास्थ्य मन्त्रालयलाई समन्वय गरेर प्रधानमन्त्रीको खोप अभियानलाई पूर्ण सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार २०:४६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया