पाण्डे नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णय : एक पालिका, एक छात्रवृत्ति

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अघिल्लो सरकारको कामप्रति असन्तुष्ट जनाएका छन् । बिहीबार नै पदभार ग्रहण गरेका पाण्डेले अघिल्लो सरकारले गरेका गलत निर्णय सच्याउने बताएका छन् ।

आफ्नो सरकारले संघीय सरकारको जस्तै पूरक बजेट ल्याउन सक्ने सम्भावनासमेत व्यक्त गरेका छन् । आफ्नो कार्यकालको सबैभन्दा प्राथमिकता भ्रष्टाचाररहित हुने उनले दाबी गरेका छन् । 

सर्वहारा, श्रमजीवी, गरिब किसानको पक्षमा काम गर्ने दाबी गर्दै मुख्यमन्त्री पाण्डेले समाजवादउन्मुख कार्यक्रम अगाडि सारेर जनताको सेवा गर्ने प्रतिबद्धता जनाए । 

नेपाली कांग्रेस र नेकपा एसले आलोपालो सरकार चलाउने कुरा गठबन्धनको निर्णयअनुसार हुने उनले बताए ।  

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन निर्देशन 

मुख्यमन्त्री पाण्डेले पदबहाली गर्दै गरेको पहिलो हस्तारमा स्वास्थ्य क्षेत्र प्रभावकारी बनाउने रहेको छ । उनको हस्ताक्षर भएको निर्देशनमा कोभिड १९ सहित डेंगु, स्क्रब टाइफसलगायत सरुवा रोगहरुको नियन्त्रणका लागि उपलब्ध स्वास्थ्य सेवा र सुविधाको प्रभावकारी व्यवस्था र क्षमता वृद्धि गरी थप प्रभावकारी बनाउन १३ वटै जिल्लाका अस्पताल, स्वास्थ्य चौकी तथा संस्थालाई परिचालन गर्न स्वास्थ्य मन्त्रालयलाई दिने उल्लेख छ ।  



हरेक पालिकाका एकजनालाई छात्रवृत्ति 

बागमती प्रदेश सरकारको नेतृत्व गरेपछि राजेन्द्र पाण्डेको नेतृत्वमा पहिलो मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा प्रत्येक पालिकामा दलित, पिछडिएका वर्गबाट एकजनालाई छात्रवृत्ति दिने निर्णय गरेको निणर्य गरेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जानकारी दिएको छ ।



  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार २१:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया