बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले बिहीबार पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व गर्दा मुख्यन्यायाधिवक्तामा नियुक्त भएका थपलियाले एमालेको सरकार ढलेसँगै पदबाट राजीनामा दिएका हुन् । 

बिहीबार उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् । ०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा प्रदेश प्रमुखले उनलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका थिए । 

मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हुने व्यवस्था छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार २१:१०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया