कांग्रेस नेतृत्व सम्हाल्दै विमलेन्द्र निधि

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा बेलायत प्रस्थान गरेपछि पार्टी सभापतिको जिम्मेवारी विमलेन्द्र निधिले सम्हालेका छन् । 

निधि उपसभापति हुन् । कार्यवाहक सभापति भएर उनले जिम्मेवारी सम्हाल्ने भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

‘लिखित रूपमा कार्यवाहक सभापति भनेर सभापतिको पदीय जिम्मेवारी दिएको अवस्था त होइन । तर, नेपाली कांग्रेसको विधानले सभापतिको अनुपस्थितिमा पार्टीको नेतृत्व गर्ने अधिकार स्वतः उपसभापतिलाई रहने भन्छ’, प्रवक्ता शर्माले फरकधारलाई बताए ।

निधिले झण्डै साता पार्टी सभापतिको जिम्मेवारी सम्हाल्ने छन् । देउवाले प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाणलाई दिइसकेका छन् । खाण वरिष्ठ मन्त्री हुन्।  

देउवा आज बिहान बेलायत प्रस्थान गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन गएका हुन् । सम्मेलन नोभेम्बर १ र २ तारिखमा हुँदै छ ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार ११:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया