सांसदलाई सचिवालयको सूचना : अधिवेशनसँगै सदन अन्त्य भएकाले बैठक छ भनेर नआउनुहोला

संघीय संसद् सचिवालयले संसद् अधिवेशन अन्त्य भएसँगै तोकिएका बैठकहरू पनि रद्द भएको जानकारी गराएको छ ।

अधिवेशनसँगै सदन पनि अन्त्य भएकाले बैठक रद्ध भएको जानकारी सांसदलाई गराउन संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार सूचना जारी गरेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेकी थिइन् ।

अधिवेशन अन्त्य भएसँगै २९ कात्तिकमा तोकिएको प्रतिनिधिसभा बैठक र अर्को सूचनाबाट तोकिने भनिएको राष्ट्रिय सभाको बैठक पनि अन्त्य हुने भएको जानकारी सचिवालयले गराएको हो ।   





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार १४:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया