कांग्रेस परित्याग गरेका धामी बने एमाले पालिका कमिटी अध्यक्ष

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको चुनाव जितेका एक जना एमालेको पालिका कमिटी अध्यक्षमा चयन भएका छन् । 

दार्चुलाको व्यास गाउँपालिका– ५ को वडा अध्यक्षमा कांग्रेसबाट निर्वाचित मंगलसिंह धामी एमालेको अधिवेशनबाट पालिका कमिटी अध्यक्षमा चयन भएका हुन् ।

दार्चुलामा सम्पन्न एमाले व्यास गाउँपालिकाको अधिवेशनले मंगलसिंह धामी अध्यक्ष र नारददत्त भट्ट सचिव रहने गरी ९१ सदस्यीय कमिटी चयन गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य उपेन्द्रसिंह धामीले जानकारी दिए । 

गत १० असोजमा भएको नेपाली कांग्रेसको पालिका अधिवेशनमा मंगलसिंह धामीले व्यास गाउँपालिका सभापतिमा दाबी गरेका थिए ।

पालिका सभापतिमा आकांक्षी बढी भएपछि चुनावी प्रक्रियाबाट कांग्रेसले पालिका सभापतिको टुंगो लगाएको थियो ।

चुनावी प्रक्रियाबाट हारेपछि धामी कांग्रेसीहरूले धोका दिएको भन्दै १७ असोजमा रावधानी काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाएर एमालेमा प्रवेश गरेका थिए ।



एमालेमा प्रवेश गरेका धामीलाई व्यासका एमालेकार्यकर्ताले सर्वसम्मत रूपमा पालिका अध्यक्षमा चयन गरेका छन् ।  



  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार १४:२७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया