राष्ट्रियसभा निर्वाचनका लागि दुई मिति प्रस्ताव, निर्णय नगरी बेलायत उडे प्रधानमन्त्री

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन ७ वा १० माघमा गराउने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ८ कात्तिकमा भएको छलफलमा आयोगले ७ वा १० माघमा राष्ट्रियसभाको रिक्त २० सदस्यको निर्वाचन गराउन मिति प्रस्ताव गरेको थियो । तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसमा कुनै निर्णय गरेन । 

प्रधानमन्त्री देउवा निर्वाचनको मिति टुंगो नलगाई बेलायत प्रस्थान गरेका छन् । अब देउवा फर्केपछि मितिसम्बन्धी निर्णय हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारलाई ७ वा १० माघमध्ये एउटा मितिमा गराउन उपयुक्त हुने प्रस्ताव गरिएको बताए ।

‘फागुन २१ गते एकतिहाइ सदस्यको पद रिक्त हुँदैछ । त्यसको ३५ दिन अगाडि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । ३५ दिन अगाडि निर्वाचन गर्न पनि आयोगलाई तयारीको समय चाहिन्छ । करिब ९० दिनको तयारी समय लाग्ने अनुमान गरेका छौं । यसै क्रममा आयोगले सरकारसँग छलफल गरेर मिति घोषणाका लागि प्रस्ताव गरेको हो,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

–न्युज कारखाना 





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार १५:१५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया