चर्चित अभिनेता पुनीत राजकुमारको निधन

साउथ स्टार पुनीत राजकुमारको निधन भएको छ । ४६ वर्षीय पुनीतको हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार बिहान जिम क्लबमा जिम गर्दागर्दै उनलाई एक्कासि हृदयघात भएको बताइएको छ ।

हृदयघातपछि उनलाई बैंग्लोरको विक्रम अस्पताल भर्ना गरिएको थियो

बालकलाकारका रूपमा करिअर सुरु गरेका पुनीतले झण्डै १२ फिल्ममा बाल कलाकारको भूमिका निर्वाह गरेका छन् । पछि उनी कन्नड फिल्ममा सबैभन्दा महँगा अभिनेता बनेका थिए । 

पुनीत कन्नड फिल्मका सुपरस्टार डा. राजकुमारका छोरा हुन् । उनको निधनका कारण साउथ इण्डियन फिल्म इण्डस्ट्री शोकाकुल बनेको छ । 





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार १६:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया