कीर्तिपुरमा खुल्यो नयाँ फिल्म हल

कोरोनाका कारण ठप्प रहेको सिने उद्योगले गति लिन सकेको छैन । यो बीचमा थुप्रै सिनेमा घर बन्द भए । केही भत्किए त केही गोदाममा परिणत भए । सबै फिल्मकर्मी निराश देखिए ।

सिने उद्योग विस्तारै गती लिने तयारीमा छ । ठीक यहि बेला चलचित्र वितरक तथा प्रदर्शक नरेन्द्र महर्जनले कीर्तिपुरको पाँगामा नयाँ फिल्म हल सञ्चालनमा ल्याएका छन् । महर्जन र उनको टिमले सुरु गरेको उक्त हलको नाम ‘कीर्तिपुर सिनेप्लेक्स’ राखिएको छ ।

‘कीर्तिपुर सिनेप्लेक्स’को शुक्रबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । हल सञ्चालन सुरु भएसँगै शुक्रबारबाटै हलमा एक नेपाल भाषाको चलचित्र र एक हलिउड चलचित्र प्रदर्शन हुने भएको छ ।

‘कीर्तिपुर सिनेप्लेक्स’मा अहिले एउटा मात्रै पर्दा रहेको छ । अर्को पर्दा पनि थप्ने तयारी भइरहेको महर्जनले बताए । ‘कीर्तिपुर सिनेप्लेक्स’मा एक सो मा २ सय ८५ दर्शकले सिनेमा हेर्न सक्ने महर्जन बताउँछन् । 

२० करोड लगानीमा सुरु भएको ‘कीर्तिपुर सिनेप्लेक्स’मा दैनिक ४ सोज फिल्म रिलिज हुने महर्जनले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार १६:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया