पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि

फेरि इन्धनको मूल्य वृद्धि भएको छ । भोलि रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य वृद्धि गरिएको हो ।

नेपाल आयल निगमका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साविकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको हो । डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्रि मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ । 

एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।
 






  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार २१:५२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया