टि-२० विश्वकप : पाकिस्तानको विजयी यात्रा कायमै

आइसिसी टि-२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित हात पारेको छ । उसले सुपर १२ को समूह ‘२’अन्तर्गत शुक्रबारको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । 
 
अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे।
  
पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले । १७ औं ओभरमा राशिद खानले बोल्ड गराउनुअघि उनले ४७ बलमा ४ चौका प्रहार गरे ।
 
फखर जमानले ३० रनको योगदान दिँदा विष्फाेटक ब्याटिङ गरेका आसिफ अलीले ७ बलमा अविजित रहदै २५ रन बनाए । उनले एकै ओभरमा ४ छक्का प्रहार गरका थिए ।

अफगानिस्तानका राशिद खानले २ तथा मुजिब उर रहमान, नविन उल हक र मोहम्मद नाबीले १/१ विकेट लिए ।

यस अघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७  रन बनाएको थियो ।

अफगानिस्तानका लागि अविजित रहेका कप्तान मोहम्मद नाबी र गुल्बादिन नाइब ३५-३५ रनको योगदान दिए । 

नाजिबउल्लाह जाद्रनले २२ तथा करिम जन्नतले १५ रन बनाए । 

पाकिस्तानका इमाद वासिमले २ तथा शहिन साह अफ्रिदी, हरिस राउफ, हसन अली र शादब खानले १/१ विकेट लिए ।



यो जितसँगै ३ खेलमा ६ अंक जोडेर समूह ‘२’ को शीर्ष स्थानमा रहेको पाकिस्तानले सेमिफाइनलको सम्भावना बलियो बनाउँदा अफगानिस्तान २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा  छ ।



  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार ६:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया