जलवायु सम्मेलनका लागि प्रधानमन्त्री देउवा लण्डनमा
फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायुसम्बन्धी सम्मेलन कोप-२६ मा सहभागी हुन लण्डन पुगेका छन् । देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए । नोभेम्बर १ र २ मा हुने सम्मेलनको वर्ल्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री देउवालाई लण्डनस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत रोशन खनालसहितले हिथ्रो विमानस्थलमा स्वागत गरे । 

शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी-एन) र बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा देउवाले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री देउवा बेलायतबाट नोभेम्बर ३ मा स्वदेशका लागि प्रस्थान हुनेछन् ।

-न्युज कारखाना





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार ८:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया