साँझ पर्नै लागेको छ
रातो सूर्य समुद्रमा डुब्नै लागेको छ
र, त्योभन्दा अलि पर
केही चराहरु
लामबद्ध भएर
त्यही जंगलहरूतिर गइरहेका छन्
जसका रूखका हाँगाहरूमा छन् गुँडहरू
यी चराहरू
त्यहीँ फर्किएर गइरहेका छन्
र, त्यहीँ सुत्ने छन्
हामी नै हैरान छौं
यी घरहरूको जंगलमा
आफ्नो कहीँ बास छैन
साँझै पर्नै लागेको छ
हामी जानु कहाँ ?
(प्रसिद्ध भारतीय कवि, गीतकार तथा गजलकार जावेद अख्तर १९४५ मा जन्मिएका हुन् । उनले कविताका साथै सिनेमाका पटकथा पनि थुप्रै लेखेका छन् । उनका ‘तरकश’ र ‘लावा’जस्ता कृति प्रख्यात छन् ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।