राशिदले तोडे मालिंगाको कीर्तिमान

अफगानिस्तानका स्पिनर राशिद खानले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।

आइसिसी टि-२० विश्वकप अन्तर्गत शुक्रबार राति पाकिस्तानसँगको खेलमा राशिदले टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट लिने बलरको कीर्तिमान बनाएका हुन् ।

राशिदले मात्र ५३ खेलमा यो कीर्तिमान कायम गरे । उनले श्रीलंका पूर्व खेलाडी लासिथ मलिंगाको ७६ खेलको कीर्तिमान तोडेका हुन् । 

१५औं ओभरको पहिलो बलमा मोहम्मद हफिजलाई गुलबदीन नइबबाट क्याच गराउँदै राशिदले यो सफलता हात पारेका थिए । 

राशिद टि-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिने चौथो खेलाडी हुन् । राशिद र मालिंगासहित बंगलादेशका स्पिनर साकिब अल हसन र न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउदीले यो सफलता प्राप्त गरेका छन् ।

राशिद एकदिवसीयमा पनि पनि सर्वाधिक छिटो १०० विकेट लिने बलर हुन् । राशिदले ४४ एकदिवसीय खेलमा १०० विकेट पूरा गरेका थिए । 
 





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १२:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया