अस्ट्रेलियाबाट हिमानीले ल्याइन् ‘जेनेरेसन’

आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहनालाई समेटेर तयार पारिएको ‘जेनेरेसन’  बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन  निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको र्याप रहेको छ । 

गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको  छ भने  विशाल पौडेलले संगीत संयोजन गरेका छन् । 

म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने, सोनिया महत, प्रिन्शिका श्रेष्ठ  र अलिशा श्रेष्ठको अभिनय रहेको छ ।  

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् ।  



विकास दाहालले सम्पादन गरेको भिडियोको सशान कंडेलको निर्देशन गरेका हुन् । आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।



  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १३:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया