डडेल्धुरामा अवैध काठ तस्करी, गाउँपालिका बेखबर

डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ । गाउँपालिका-२ स्थित वेताल सामुदायिक वनमा व्यापक वन फँडानी गरेर अवैध काठ तस्करी भइरहेको हो ।

दाउरा काट्न र काठ चिर्न बन्देज गरे पनि दोगाड चोर चोर्लेक सडक निर्माण भइरहेको मौका पारी वन पैदावार नियमविपरीत बिक्री भइरहेको स्थानीयको आरोप छ। यस विषयमा गाउँपालिका भने जानकारविहीन छ । 

गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले यसबारे आफूलाई खबर आएको र सब-डिभिजन र वडाध्यक्षलाई बुझ्न लगाएको प्रतिक्रिया दिए । सरोकारवाला निकाय उदासीन देखिएका कारण अवैध काठ तस्करी मौलाएको स्थानीय बताउँछन् । 

‘सामुदायिक वनबाट वन कार्ययोजनाविपरीत अवैध रूपमा रूख फँडानी कार्य तीव्र छ । सामुदायिक वनमा भएको तस्करीमा मुख्य रूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो हुन सक्छ,’ एक स्थानीयले भने । 

यता, डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख रामबिचारी ठाकुरले सडक बनाउने क्रममा रूख कटान गरेको खबर आएको बताए । उनले भने, ‘टोली गएको छ। प्रतिवेदन आउनेबित्तिकै खबर गर्छु ।’ –न्युज कारखाना  





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १३:१९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया