बाजुराको जगन्नाथमा बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति

बेमौसमी वर्षासँगै जुड्डीखोलामा आएको बाढीपहिरोका कारण जगन्नाथ गाउँपालिकामा करोडौंको नोक्सान भएको छ । 

अविरल वर्षाका कारण बाढीपहिरो जाँदा र गाउँपालिकाको तल पट्टी भएको कर्णाली नदीने जमिन कटाउन गर्दा जगन्नाथमा करोडौंको क्षति भएको छ ।

वर्षाले जगन्नाथ गाउँपालिकाको कामकाज हुँदै आइरहेको कार्यालयसमेत बगाएको थियो । बाढीले गाउँपालिकामा चार करोड ५० लाखभन्दा  बढीको क्षति गरेको गाउँपालिका रोजगार संयोजक लक्षमण जोशीले बताए ।

बेमौसमी बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिनको सतह कटान गरेपछि गाउँपालिकाको कार्यलयमा पनि क्षति गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । गाउँपालिका कार्यालय बगाउनुका साथै कार्यालयका सामग्रीसमेत बगाएको अध्यक्ष शाहीले बताएका छन् ।

२ कात्तिकमा अविरल वर्षाका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बीचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, प्रहरी चौकीका सात कोठा क्षतिग्रस्त बनेको छ । 

अस्पताल समेत बगाउँदा कात्तिक १ गतेबाट अस्पताल बाट दिने सेवा सबै बन्द भएको छ । अस्पताल सञ्चालन गर्ने ठाउँ नभएपछि दुई सातादेखि उपचार सेवा बन्द रहेको गाउँपालिकाले जनाएको छ । उपचार सेवा बन्द भएपछि उपचारका लागि कोल्टी जानु परेको छ । 



गाउँपालिकाको कार्यलय पनि अहिले टिनको खोकामा सञ्चालन भइरहेको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशीले बताए । 



  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १४:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया